arrow
ADVERTISEMENT

केपी ओली दम्पत्तिलाई कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
kp-oli-balkot-meet.jpg

काठमाडौं । नेपालमा फैलिरहेको कोभिड-१९ संक्रमण नेपालका राजनीतिका शीर्ष नेहरुमा पनि देखा पर्न थालेको छ । पछिल्लो समय नेपाली कांग्रेसमा महामन्त्री, नेकपा माओवादीका अध्यक्ष लगायतका थुप्रै नेताहरूमा कोरोना संक्रमण देखिएको थियो । 

हालै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कोरोना संक्रमित बनेका छन् । शनिवार गरिएको एन्टिजेन परीक्षणमा अध्यक्ष ओलीमा कोरोना पोजेटिभ देखिएको हो ।

ओलीसहित पत्नी राधिका शाक्यमा पनि संक्रमण देखिएको छ । 

एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार लक्षण देखिएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई संक्रमण भएको र उनी हाल बालकोटस्थित निवासमा आइसोलेशनमा रहेका छन्  ।

आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा आज अध्यक्ष ओलीले पत्रकार सम्मेलन आयोजना गर्ने भनिएको कार्यक्रम स्थगन भएको छ भने पार्टीको धारणा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ