arrow

नेपालगञ्जको जमुनाह नाकामा यात्रुलाई मास्क वितरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
naka-mask.PNG

नेपालगञ्ज । नेपालगञ्जस्थित नेपाल भारत सीमा नाका जमुनाहामा आउजाउ गर्ने यात्रुहरूलाई वितरण गर्न मास्क सहयोग गरिएको छ । बागेश्वरी पोस्टको पहलमा नेपालगन्जको देउती सर्जिकल हाउसले मास्क सहयोग गरेको हो । 

३००० पिस मास्क वितरणका लागि आइतबार दिउँसो प्रहरीलाई हस्तान्तरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलाई मास्क हस्तान्तरण गरेका हुन् । 

त्यसपछि एसपी अधिकारीले ती मास्क जिल्ला ट्राफिक प्रहरी बाँकेका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सिद्धिगणेश शाह र नेपालगन्ज ट्राफिक पोस्ट प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मण ऐर र  जमुनाह प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक मीन बहादुर विष्ट, जयसपुर प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार सिंहलाई हस्तान्तरण गरेका थिए । एसपी अधिकारीले ट्राफिक प्रहरीलाई मास्क वितरण गर्न निर्देशन दिएका थिए । बढ्दो कोरोना सङ्क्रमण रोक्न मास्क प्रयोगलाई अनिवार्य बनाउन उनले निर्देशन दिए । 

त्यस क्रममा सीमा नाकामा विना मास्क आउजाउ गरिरहेका यात्रुहरूलाई बाँके प्रहरी प्रमुख एसपी अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बस्नेत, बाँकेका कोरोना फोकल पर्सन वली, निमित्त ट्राफिक प्रमुख शाह, नेपालगन्ज पोस्ट प्रमुख लक्ष्मण ऐर, जमुनाह प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक मीन बहादुर विष्ट, प्रहरी नायब निरीक्षक रवीन्द्र बम, जयसपुर प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार सिंह लगायत नाकामा खटिएका सबै सुरक्षाकर्मीले मास्क वितरण गरेका थिए । 

सीमा नाकामा विना मास्क ओहोरदोहोर गरिरहेका यात्रुहरूलाई मास्क वितरण गर्दै अबदेखि अनिवार्य मास्क लगाउन आग्रह गरिएको थियो । ट्राफिक प्रहरीले कोरोनाबाट बच्ने उपायबारे माइकिङ समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ