arrow

भारत चार रनले पराजित, दक्षिण अफ्रिकासँग क्लिन स्विप हार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
FJzWWGjaIAE43KD.jpg

काठमाडौं । दक्षिण अफ्रिाकाले भारत विरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । आइतबार राति भएको अन्तिम तथा तेस्रो खेलमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले ३–० ले क्लिन स्विप गरेको हो ।

केपटाउनमा भएको खेलमा घरेलु टिमले दिएको २८८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.२ ओभरमा अलआउट हुँदै २८३ रन बनाउन सक्यो । विराट कोहलीले ६५, शिखर धवनले ६१ तथा दीपक चाहरले ३४ बलमा ५४ तथा सूर्यकुमार यादवले ३९ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । 

लुंगी एनगिडी र एडिले फेलुकवायोले ३–३ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९.५ ओभरमा अलआउट हुँदै २८७ रन बनाएको थियो । ओपनर क्विन्टन डी ककले १२४ तथा रस्सी भान डेर डुसेनले ५२ रन बनाए । 

भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए । दीपक चाहर र जसप्रित बुम्राहले २–२ विकेट लिए ।

क्विन्टन डी कक प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज भए । 

यसअघिका दुवै खेलमा पनि भारतले हार बेहोरेको थियो । पहिलो पटक लोकेश राहुलले कप्तानी सम्हालेको सिरिज भारतले ३–० ले गुमाएको हो ।

भारतले पहिलो खेल ३१ रनले तथा दोस्रो खेल ७ विकेटले हार्यो । यसअघिको तीन टेष्टको सिरिज दक्षिण अफ्रिकाले २–१ ले जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ