- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दक्षिण अफ्रिाकाले भारत विरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । आइतबार राति भएको अन्तिम तथा तेस्रो खेलमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले ३–० ले क्लिन स्विप गरेको हो ।
केपटाउनमा भएको खेलमा घरेलु टिमले दिएको २८८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.२ ओभरमा अलआउट हुँदै २८३ रन बनाउन सक्यो । विराट कोहलीले ६५, शिखर धवनले ६१ तथा दीपक चाहरले ३४ बलमा ५४ तथा सूर्यकुमार यादवले ३९ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।
कोहलीले ८४ बलमा ६५ रन बनाएका हुन् । यो उनको ६४ औं अर्धशतक हो । अहम् विषय त के भने यो अर्धशतकको साक्षी उनकी पत्नी एवं बलिउड अभिनेत्री अनुष्का शर्मा र उनको छोरी वामिका भएका छन् ।
विराटले अर्धशतक पूरा गर्नासाथ स्ट्याण्ड्समा रहेका अनुष्का र वामिकाले ताली बजाएका थिए । कोहलीले पनि उनीहरुलाई देखेर राम्रो प्रतिक्रिया जनाएका थिए ।
अनुष्काले कालो तथा वामिकाले पिंक कलरको कपडा लगाएका थिए ।
पहिलो पटक केही सेकेन्डका लागि मात्र देखिएको यो भिडियो दर्शक एवं प्रशंसकले भने पहिलो पटक देखेका थिए ।
कोहलीले वामिका समझदार नहुन्जेल सामाजिक संजाल र क्यामेरादेखि टाढा राख्ने बताइसकेका छन् ।
अहिलेसम्म कोहलीले वामिकाको कुनै तस्बिर सामाजिक संजालमा राखेका छैनन् ।
अधिकांश तस्बिर पछाडिबाट खिचिएका छन् ।
खेलमा लुंगी एनगिडी र एडिले फेलुकवायोले ३–३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९.५ ओभरमा अलआउट हुँदै २८७ रन बनाएको थियो । ओपनर क्विन्टन डी ककले १२४ तथा रस्सी भान डेर डुसेनले ५२ रन बनाए ।
भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए । दीपक चाहर र जसप्रित बुम्राहले २–२ विकेट लिए ।
क्विन्टन डी कक प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज भए ।
यसअघिका दुवै खेलमा पनि भारतले हार बेहोरेको थियो । पहिलो पटक लोकेश राहुलले कप्तानी सम्हालेको सिरिज भारतले ३–० ले गुमाएको हो ।
भारतले पहिलो खेल ३१ रनले तथा दोस्रो खेल ७ विकेटले हार्यो । यसअघिको तीन टेष्टको सिरिज दक्षिण अफ्रिकाले २–१ ले जितेको थियो ।