arrow
ADVERTISEMENT

काठमाडौं–दिल्ली उडान फेरियो, कोभिड नेगेटिभ रिपाेर्ट अनिवार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
Tia-Runway-airport_1617869491.jpg

काठमाडौं । नेपाल वायुसेवा निगमले दिल्लीतर्फ गर्ने उडानको समयतालिका फेरेको छ । कोरोना भाइरसको संक्रमण तीव्र अवस्थामा रहेका बेला निगमले फेब्रुअरीका लागि समयतालिका परिवर्तन गरेको हो ।

निगमका अनुसार फेब्रुअरी १ देखि २८ तारिखसम्म काठमाडौं–दिल्लीका लागि ११ः४०-३ः२० बजे आरए २०५ उडान हुनेछ । यस्तै दिल्ली–काठमाडौंका लागि १४ः२०-१६ः२० बजे आरए २०६ उडान विमानको उडान हुनेछ ।

दिल्ली प्रस्थानका लागि यात्रुहरुले जाने समयभन्दा ४८ घण्टाभित्रको आरटी पीसीआर नेगेटिभ भएको रिपोर्ट र सीसीएमसीको प्रस्थान फारम तथा भारत सरकारले लागू गरेको एयर सुविधा फारममा गई अनिवार्य रुपमा भर्नुपर्ने निगमले जनाएको छ ।

यस्तो छ निगमद्वारा जारी सूचना:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ