arrow

टीआई सीपीआई रिपोर्टः ओली सरकार भ्रष्ट, कस्तो आउला यसपालिको आधा कार्यकाल ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
cpi-2021-2022.JPG

काठमाडौं । केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार भ्रष्ट सरकार गनिएको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले संसारभर गरेको सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा (२०२० करप्सन पर्सेप्सन इन्डेक्स सीपीआई) नेपाल १०० मा ३३ अङ्क ल्याएर ११७ औं स्थानमा रहेको थियो । 

यो तथ्याङ्कले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमै रहेको देखाएको थियो । सन् २०१९ को सीपीआईमा नेपाल ११३ औं स्थानमा थियो । ओली सरकारले भने ट्रान्सपरेन्सीको यो सीपीआईलाई बहिस्कार गर्दै नियत खराब रहेको लगायतका आरोप लगाएको थियो । तर भ्रष्टाचारलाई रोकेन । 

ओलीले भ्रष्टाचारमा शून्य शहरशीलता ‘जिरो टलरेन्स’ भने पनि उनकै पालामा थुप्रै भ्रष्टाचार भयो । आफूले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न, भ्रष्टाचारीको मुख पनि हेर्दिन जस्ता नारालाई उनले ठट्टाको विषय बनाए । 

यतिसम्मकि उनले भ्रष्टाचारका विभिन्न काण्डलाई तुहाइदिए । आफ्नै कार्यकालमा मन्त्रीहरुसमेत मुछिँदा पनि त्यसलाई सहजै पार लगाइदिए । कुनै पनि छानबिन गरेनन् । गर्न पनि दिएनन् । 

अब यसपालि नेपालको सीपीआई कस्तो आउला त ? चासोको विषय बनेको छ । टीआईले मंगलबार २५ जनवरीमा सन् २०२१ को सीपीआई रिपोर्ट सार्वजनिक गर्दैछ । 

नेपाली समयअनुसार बिहान १०ः४६ बजे विश्वभर एकै समयमा सार्वजनिक गरिने टीआई नेपालले जानकारी दिएको छ । 

सन् २०२० को सीपीआई पूर्ण विवरणसहित–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ