arrow

मधेस प्रदेशमा सबैभन्दा धेरै परिवार संख्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
family-planning.jpeg

काठमाडौं। नेपालको जनगणना २०७८ अनुसार सबै भन्दा धेरै परिवार सदस्य संख्या रहेको प्रदेशका रुपमा मधेस प्रदेश रहेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार मधेसमा परिवार संख्या सबैभन्दा धेरै ५.१५ जना रहेको छ ।

यसअघि २०६८ को जनगणना अनुसार पनि सबैभन्दा ठूलो परिवारको आकार मधेसमै थियो । त्यतिबेला मधेसमा परिवार संख्या ५.८० रहेको थियो ।

यस्तै प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या कम रहनेमा गण्डकी प्रदेश रहेको छ । गण्डकीमा औसत परिवार संख्या ३.६६ जना रहेको छ ।

यसअघि २०६८ सालको जनगणनामा गण्डकीमा परिवार सदस्य संख्या ४.१६ रहेको थियो ।

यस्तै जिल्ला अनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा प्रति परिवार औसत ३.४१ जना सदस्य रहेका छन् भने, रौतहट, बारा, कपिलवस्तुमा औसत परिवार ५.५० जनाभन्दा बढी देखिन्छन् ।

यस्तो छ परिवारको आकार:

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ