- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले वेष्ट इन्डिजविरुद्धको क्रिकेट सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बुधबार रोहित शर्माको कप्तानीमा एकदिवसीय र टी–२० सिरिजका लागि टोली घोषणा गरेको हो ।
घाइते भएका कारण दक्षिण अफ्रिका विरुद्धको भ्रमण गुमाएका रोहित वेष्ट इन्डिजविरुद्ध भने टिममा फर्किएका हुन् । उनीसँगै कुलदीप यादवसमेत टिममा फर्किएका छन् ।
टिममा पूर्व कप्तान विराट कोहली पनि समावेश रहने छन् । पहिलो पटक दीपक हुड्डा एक दिवसीय टोलीमा पर्न सफल भएका छन् । रवि बिस्नोई पहिलो पटक टी–२० मा परेका छन् ।
फेब्रुअरी ६ देखि भारतले घरेलु मैदानमा वेष्ट इन्डिजविरुद्ध तीन खेलको एक दिवसीय सिरिज खेल्नेछ । त्यसपछि ३ खेलको टी–२० हुनेछ ।
यस्तो छ एक दिवसीय टिम–
रोहित शर्मा, लोकेश राहुल, ऋतुराज गाइकवाड, शिखर धवन, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस ऐयर, दीपक हुड्डा, ऋषभ पन्त, दीपक चाहर, शार्दुल ठाकुर, वासिङ्टन सुन्दर, रवि बिस्नोई, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, कुलदीप यादव, आभेश खान र युजभेन्द्र चहल रहेका छन् ।
यस्तो छ टी–२० टिम–
रोहित शर्मा, लोकेश राहुल, इशान किसन, ऋतुराज गाइकवाड, शिखर धवन, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस ऐयर, भेंकटेश ऐयर, अक्षर पटेल, भुवेनश्वर कुमार, ऋषभ पन्त, दीपक चाहर, शार्दुल ठाकुर, वासिङ्टन सुन्दर, रवि बिस्नोई, मोहम्मद सिराज, आभेश खान र युजभेन्द्र चहल रहेका छन् ।