arrow

आकाशगङ्गामा डरलाग्दो वस्तु भेटियो, देखिँदै-हराउँदै गरेर ऊर्जा फाल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
space-universe1.jpg

काठमाडौं । अष्ट्रेलियाका वैज्ञानिकहरूले आकाशगङ्गा (सौर्य मण्डल, पृथ्वीवासीको तारा पुञ्ज) मा हराउँदै देखिँदै गरिरहेको एक डरलाग्दो वस्तु फेला पारेको बताएका छन् ।

यसअघि कहिल्यै नदेखिएको यो वस्तुले प्रत्येक १८ मिनेटमा १ मिनेटसम्म शक्तिशाली रेडियो ऊर्जा रिलिज गरिरहेको उनीहरूले बताएका छन् ।

ब्रह्माण्डमा ऊर्जा पैदा गर्ने वस्तुहरू प्रायः टिपोट गरिएका हुन्छन् । अन्वेषकहरूले एक मिनेटसम्म सक्रिय रूपमा ऊर्जा रिलिज गर्ने वस्तु भने असामान्य भएको बताएका छन् ।

यो वस्तु पहिलो पटक कर्टिन विश्वविद्यालय अनर्सका विद्यार्थी टाइरोन ओ डोहर्टीले पश्चिमी अस्ट्रेलियाको बाहिरी भागमा मर्चिसन वाइडफिल्ड एरे भनेर चिनिने क्षेत्रमा पत्ता लगाएका थिए ।

उनले टेलिस्कोप र आफैले विकास गरेको नयाँ अवलोकन प्रविधिको प्रयोग गरेर यो वस्तुलाई नियालेका थिए ।

ओ डोहर्टी इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमी रिसर्च (आईसीआरएआर) कर्टिन युनिभर्सिटी नोडका खगोल भौतिक शास्त्री डा नताशा हर्ले वाकर नेतृत्वको टोलीमा रहेका विद्यार्थी हुन् ।

उक्त वस्तु अवलोकनको क्रममा केही घण्टामा देखा पर्ने र गायब हुने भइरहेको खगोल भौतिक शास्त्री डा नताशाले आईसीआरएआरद्वारा विज्ञप्तिमार्फत भनेकी छन् ।

आईसीआरएआरका अनुसार यो वस्तु पृथ्वीबाट ४ हजार प्रकाश वर्ष टाढा रहेको छ भने यो अत्यधिक चम्किलो र बलियो चुम्बकीय क्षेत्र भएको वस्तु देखिएको छ । यो वस्तु के हो भनेर थाहा पाउन यसबारे टोलीले थप अध्ययन गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ