arrow

परालको थुप्रोमा लुकाइराखेको १ सय ६५ किलो गाँजा बरामद

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ माघ १४ शुक्रबार
gaja-164.jpg

जनकपुरधाम । महोत्तरीमा १ सय ६५ किलो प्रतिबन्धित लागूपदार्थ गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । महोत्तरी गाउँपालिका वडा नम्बर ४ रानीवडास्थित गणेश चौधरीको कुखुरा फार्मनजिक परालको थुप्रोमा लुकाइराखेको १६ पोका गाँजा महोत्तरीका सशस्त्र प्रहरीले बरामद गरेको हो ।

१० किलोका दरले प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा १ क्विन्टल ६४ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले बताए ।

डिआइजी ठाडा मगरको अनुसार विशेष सूचनाका आधारमा छिन्नमस्ता बाहिनी र जलेश्वर बेस क्याम्पबाट खटेको संयुक्त टोलीले बिहीबार राति गाँजा बरामद गरेको हो।

नेपालमा गाँजाको बजार भाउ अनुसार ५ देखि सात हजार प्रति किलो र भारतमा १० देखि १२ हजारको दरले व्यापारीहरू बेच्दै आएको डिआइजी ठाडा मगरले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ