arrow

रूसमाथि प्रतिबन्ध लगाउने तयारीमा जुटे इयु र बेलायत

logo
एएनआई/स्पुतनिक
प्रकाशित २०७८ माघ १४ शुक्रबार
russia-ukraine.PNG

मस्को [रूस । युरोपेली संघ र बेलायतले युक्रेनमा रुसले आक्रमण गरेमा लगाइने नयाँ रुसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्ध लगाउने तयारी गर्दै गरेको सञ्चार माध्यमले जनाएका छन् ।

फाइनान्सियल टाइम्सका अनुसार, नयाँ प्रतिबन्धहरू अमेरिकी सहयोगमा विकसित भइरहेको छ र भविष्यका ग्यास परियोजनाहरूका लागि वित्तपोषण र प्रविधि हस्तान्तरणमा कटौती गर्ने उद्देश्यसहितको हुनेछ।

 यदि त्यसो भयो भने यी प्रतिबन्धहरूले रुसी ऊर्जा क्षेत्रमा लगानी गर्ने बीपी, टोटल र शेल जस्ता युरोपेली दिग्गजहरूलाई असर गर्नेछ।

पछिल्ला केही महिनाहरूमा पश्चिम र युक्रेनले रुसमाथि आक्रमणको कथित तयारीमा युक्रेनी सीमा नजिकै सेना केन्द्रित गरेको आरोप लगाएका छन्। 

यता रुसले भने बारम्बार युक्रेनमा आक्रमण गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ भने उसलाई आफ्नै क्षेत्रमा सेना सार्ने अधिकार छ भन्ने कुरामा जोड दिँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ