arrow

युनिमोनी कतारबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १५ शनिबार
unimoni-partrnership-esewa.jpg

काठमाडौँ। मुलुकभर तथा संसारका २०० बढी मुलुकमा व्यापक रूपमा कारोबार विस्तार गरिरहेको ईसेवा मनी ट्रान्सफर र कतार स्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा संसारभर अब्बल युनिमोनीवीच रेमिट्यान्स् सम्झौता भएको छ। यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरूले युनिमोनीको कतारमा  रहेका ९ ओटा शाखाहरूमा गइ ईसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा पठाउन सक्ने छन्।

युनिमोनीका शाखाबाट पैसा सिधै नेपालका ६० भन्दा धेरै बैङ्कका खातामा तथा इवा वालेटमा तत्काल रकम पठाउन सकिनेछ। त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स् नेपाल भरी रहेका इवा मनी ट्रान्सफरका दश हजार भन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ। साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगइ सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ।

यस सम्झौताबारे इसेवा मनी ट्रान्सफरका सिइओ, अजेस कोइरालाले भने, ‘इसेवा मनी ट्रान्सफर र युनिमोनी बिचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ, यसले  कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ।’

युनिमोनी कतार, कतारको सेन्ट्रल बैङ्कबाट इजाजत प्राप्त संस्था हो, जसले आफ्ना ग्राहकहरूका वित्तीय आवश्यकता मध्यनजर गर्दै सहज रूपमा पैसा र विदेशी मुद्राको एक देशबाट अर्को  देश आवागमन गराउँदै आएको छ। त्यसका लागि यसले आफ्ना सेवा संसारका विभिन्न मुलुकमा रिटेल स्टोर देखि डिजिटल माध्यमसम्म विस्तार गरिसकेको छ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैङ्क खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीलाई १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसङ्ख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ