arrow

योजना आयोगका उपाध्यक्ष पौडेलले गरे सेनासँग संवाद 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १५ शनिबार
272959158_10166619687495160_6182652713538630072_n.jpg

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले नेपाली सेनासँग संवाद गरेका छन् । उनले आज ओखलढुङ्गामा अरिदमन गण तथा खोटाङ ऐसेलुखर्क, रामेछापको रामेछाप बजार तथा दोरम्बामा रहेको नयाँ गोरख गणको ब्यारेक र सुरक्षा गुल्ममा अन्तरक्रिया गरेका हुन् । 

पौडेलले रक्षा सचिव, नेपाली सेनाका बलाधिक्रित रथी तथा सेनाका अधिकृत तथा जवानहरुसँग अन्तर्कृया गरेको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् । 

उनले लेखेका छन्, ‘विसं २०५८ देखि २०६२ को बीचमा नेपाली सेनाको संख्या लगभग ४० हजारबाट बढेर लगभग ९० हजार पुग्यो । तीमध्ये धेरै सैनिक जवानहरु आर्थिक रुपले साधारण घरपरिवारका सदस्य हुन् । उनीहरु बस्ने बंकरहरुमध्ये कतिपय अझै जिर्ण र अस्वस्थ्यकर अवस्थामा छन् । ती वंकरहरुलाई बस्न योग्य घरहरु भएको ब्यारेकमा परिवर्तन गर्न, साधारण जवानहरुलाई डिस्टेन्स लर्निङ लगायतका विभिन्न शिक्षा हासिल गर्ने मौका दिलाउन सरकार प्रतिवद्ध छ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ