arrow

मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
Public_school_1618134814.jpeg
तस्बिर– फाइल

पोखरा । कास्कीमा माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शुक्रबार जारी गरेको आदेशमा जिल्लामा कोरोना सङ्क्रमणदर ५० प्रतिशतभन्दा माथि रहेको उल्लेख गर्दै विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्था भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भनिएको छ ।

यस्तै, सिनेमा हल, डान्स बार, दोहोरीलगायत मानिस भीडभाड हुने सबै कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ ।

सबै प्रकारका आमसभा, जुलुसमा पनि प्रशासनले रोक लगाएको छ । 



नयाँ