arrow

बागमती किनारका संरचना सात दिनभित्र हटाउन सूचना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
sukumbasi.jpeg

काठमाडौं ।  गुह्येश्वरीबाट थापाथली पुलसम्मको बागमती किनारका दायाँबायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।
 
नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन समितिको आयोजना उपप्रमुख अमित रञ्जितले जारी गरेको सूचनामा उल्लेख छ । 

यसअघि पनि यस्ता संरचना हटाउन पटकपटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनः सूचना प्रकाशन गर्न बाध्य हुनुपरेको समितिले जनाएको छ । 

 तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइने छ ।

समितिले यसअघि गोकर्णबाट गुह्येश्वरीसम्मको नदी किनारमा बनेका करिब चार दर्जन स्थायी एवं अस्थायी संरचना पनि हटाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ