arrow

वाद्यवादन सामग्रीमा आर्थिक सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
baja.jpeg

 रामपुर । आदिवासी जनजाति समन्वय समिति रामपुरले कलासंस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक वाद्यवादन सामग्री सहयोग गरेको छ ।  

समितिले रामपुर नगरपालिकाका १४ मगर समूहलाई एक÷एक थान मादल र खैजडी चाप, नेवार समूहलाई ढोलक र झयाली प्रदान गरेको हो । 

सो अवसरमा समितिका अध्यक्ष ईश्वरी श्रेष्ठले पुख्र्याैली पेसालाई निरन्तरता दिन वाद्यवादनका सामग्री समूहलाई उपलब्ध गराएको बताए । कला संस्कृति जोगाइ राख्नका लागि वडाले वाद्यवादनका सामग्रीमा आर्थिक सहयोग गरेको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए  ।

उनले भने, “पुराना रीतिरिवाजलाई जोगाउनु हामी सबैको दायित्व हो । वडाले हरेक वर्ष लक्षित वर्ग समूहलाई  वजेट विनियोजन गर्दै आएको छ ।”  
 



नयाँ