arrow

चेलीबेटी बेचबिखनविरुद्ध ‘कर्कलो कोक्याउला’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
ploice-haribansha-acharya.JPG

काठमाडौं । शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेचबिखन सम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई प्रदान गरिएको छ ।

उक्त श्रव्य दृश्य सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन् । 

समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट चेलीबेटी बेचबिखनका घटनाक्रमहरू भइरहेका छन् । गरिबी बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य लामो समयदेखि भइराखेको छ । 

यस सन्दर्भमा समाजमा सचेतना अभिवृद्धि गरी मानब बेचबिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले यस श्रव्य दृश्य सामग्रीलाई प्रहरी कार्यालयहरुले आ–आफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा व्यापक रुपमा प्रचार प्रसार गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ