- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरूले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउनेछन्। एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको हो।
यो योजना मङ्गलवार (माघ १८) बाट सञ्चालनमा आउँदै छ र १० दिन सम्म सञ्चालनमा रहनेछ। यो योजना अवधिमा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्नुहुने तीन जना ग्राहकले १-१ वटा फिल्पकेस र टी–पेन सहितको टीसीएल ट्याव टेनएस पाउनेछन्।
ग्राहकले उठाएको आगमन कलको कुल सङ्ख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिने छ। मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै ट्याव जित्ने मौका पाउनेछन्।
मलेसियाबाट आउने आगमन कलमा कम्तीमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुनेछन्। मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहक लगायत अन्य देशहरूबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन्।
ग्राहकहरूले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन्। यसरी प्राप्त बोनस तीन दिनको लागि मान्य हुनेछ। ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन्।
यस ट्याबलेट योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यालय एनसेल आइकन, लैनचौर र काठमाडौँ बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार ट्याबलेट हस्तान्तरण गरिनेछ।
यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्न माघ २९ गते शनिवार साँझ ६:४५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदै छ। यस कार्यक्रममा गायक काली प्रसाद बास्तोलाले आफ्ना प्रस्तुति मार्फत गीतसङ्गीतको आनन्द दिनेछन्।