arrow

काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
kathmandu-metro-final-final.jpeg
तस्बिर– फाइल

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ । महानगरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो । इच्छुकले सात दिनभित्र दरखास्त दिनुपर्नेछ  ।

सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणका लागि पनि तिनै विषयमा  प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ । 

१८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिन सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ