- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बर्दिया । बर्दियामा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
घरको आँगनमा आगो तापिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बढैयाताल गाउँपालिका-३ सतपतियाका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरीको रहेका छन् ।
भे१क १४९५ नम्बरको टिपरको ठक्करबाट ३५ वर्षीया प्रमीला चौधरी र ४० वर्षीया बेलमति थारु घाइते भएका छन् ।
उनीहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
मृतकका आफन्तले नेपालगञ्ज-गुलरिया सडक खण्डको भोलागौडीमा प्रदर्शन गरेका छन् ।