arrow

कालीकोटमा दश वर्षमा ८ हजार जनसङ्ख्या बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
census-2078_nepal.jpg

मान्म । दश वर्षमा कालीकोटको जनसङ्ख्या करिव आठ हजारले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसङ्ख्या एक लाख ४४ हजार ९१७ रहेको छ  भने यसअघि २०६८ सालमा एक लाख ३६ हजार ९४८ थियो । 

जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धिद्धर ०.५४ प्रतिशत  छ ।

नतिजा अनुसार जिल्लाका नौवटा स्थानीय तहमध्ये सबैभन्दा कम नरहरिनाथ गाउँपालिकाको जनसङ्ख्यामा रहेको छ । सो गाउँपालिकामा २०६८ सालमा २४ हजार १४२ जनसङ्ख्या रहेकामा अहिले २२ हजार ४१४  देखिएको छ । 

जिल्लाको खाँडाचक्र नगरपालिका भने जनसङ्ख्या वृद्धि भएको छ ।  २०६८ सालमा २० हजार ६१८ जनसङ्ख्या रहेको सो नगरपालिकामा  अहिले  झन्डै तीन हजार वृद्धि भएर २३ हजार ३३६ पुगेको छ । 

नतिजा अनुसार शुभकालिकामा १३ हजार ९००, महावैमा आठ हजार ३३४, पचालझरनमा १३ हजार ६८३, पलाँतमा १७ हजार ६५८, सान्नी त्रिवेणी गाउँपालिकामा १२ हजार ८६४, रास्कोट र  तिलागुफा नगरपालिकामा क्रमशः १६ हजार ४६९ र १६ हजार २५९ जनसङ्ख्या रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ