arrow

एमसीसीले निम्त्याएको दन्तबझान

पीएचडीद्धयबीच दोहोरीः रावलले भने – नक्कली सीमापारी हुन्छ, त्रिविमा हुन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
baburam-bhattarai-bhim-rawal.jpg

काठमाडौं । एमाले नेता डा. भीम रावलले आफ्नो पीएचडी नक्कली नभएको भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नै पीएचडी नक्कली हुन सक्ने जवाफ दिएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर भट्टराई–रावल आरोप प्रत्यारोप चलेको छ । 

रावलले बाबुराम प्रधानमन्त्री भएकै बेला कसैसँग सल्लाह नै नगरी एमसीसीसँग पत्राचार गरी टोली गठन गरेको दाबी गरेपछि बाबुरामले रावलको पीएचडीमाथि नै प्रश्न उठाएका थिए । 

बाबुरामले लेखेका थिए, ‘यी कण @BhimRawal179 ले पीएचडी गरेको भनेर नाउॅको अगाडि ‘डा’ पनि झुण्ड्याउॅछन् । विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको श्रोत, मिति, स्थान खुलाउनुपर्छ। उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहॉ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

त्यसको जवाफ दिँदै मंगलबार रावलले लेखेका छन्, ‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन। पीएचडी नक्कली सीमापारी हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न।’

डा. बाबुरामले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ