arrow

धैर्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
Buddha.advice2_.jpg

महात्मा बुद्धले एक सभामा भाषण गर्नु थियो । समय भएपछि पनि महात्मा बुद्ध आएर केही नबोली त्यहाँबाट गए । सभामा करिब एक सय पचास श्रोता थिए । दोस्रो दिन करिब एक सय जना थिए तर पनि बुद्धले त्यस्तै गरि नबोली गए । यस पटक पचास कम भयो ।

तेस्रो दिन करिब ६० जना थिए, महात्मा बुद्ध आए, यता उता हेरे र केही नबोली फर्किए । जब चौथो दिन भयो, केही कम भए पनि बोलेनन् । जब पाँचौँ दिन भयो तब चौध जना मात्र थिए । त्यस दिन महात्मा बुद्ध बोले र चौध जना उनीसँगै सामेल भए।

महात्मा बुद्धलाई कसैले सोधे, 'तपाईँले चार दिनसम्म केही बोल्नुभएन, यसको कारण के थियो ?' तब बुद्धले भने,'मलाई भीड होइन काम गर्न मान्छेले चाहिएको थियो । धैर्य गर्नेहरू मात्र यहाँ टिक्न सक्षम हुनेछन्। जसमा धैर्यता थियो, उनीहरू यहाँ रहे।'

'केवल भिड जम्मा गर्नाले कुनै पनि धर्म फैलिँदैन। सम्झने वाला चाहिन्छ,  तमासा हेर्नेहरू दिनहुँ यता उता ताक झाँक गरिरहन्छन् । जो बुझ्छ उसले धैर्य गर्छ। धेरैलाई संसारको तमासा मन पर्छ। बुझ्ने वाला सायद एक हजारमा एक मात्र होस  यसरी नै मूल्याङ्कन हुन्छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ