arrow

१७ पूरा भएर १८ ननाघेका बालबालिकाले मागे खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
Covid-vaccine-corona.jpg

काठमाडौं ।  सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन् ।  

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा काठमाडौँ महानगरपालिकाले यसअघि खोप लगाउन छुटेका बालबालिकालाई यही माघ १५ गतेदेखि कोरोना विरुद्धको खोप कार्यक्रमअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहलाई सहभागि गराएका छन् । 

सोही अनुरुप १७ वर्ष पूरा भएका र १८ ननाघेका बालबालिकाले पनि आफूहरुलाई खोप उपलब्ध गराउन माग गरिरहेको कामपाले जनाएको छ ।  

कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ती उमेर समूहका बालबालिकाका लागि पनि कोभिड–१९ विरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रयासमा लागेको बताए । 

कामपामा ९० सामुदायिक र ५०० भन्दा बढी निजी विद्यालय सञ्चालित छन् । १७ वर्ष पूरा भएका  र १८ वर्ष ननाघेका बालबालिकाको सङ्ख्या कामपामा करिब ६ हजार रहेको जनाइएको छ । 

सरकारले तोकेअनुसारको उमेर समूहका करिब ६५ हजार बालबालिकालाई अहिले छाउनी  र थापाथली अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ