- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाली कांग्रेसको नेपाली राजनीतिको इतिहासको सबैभन्दा अब्बल पार्टी हो । हरेक राजनीतिक परिवर्तनमा कांग्रेसकै हात छ । नेपाली जनताको दशकौं लामो अथक संघर्ष, वीर शहीदहरुको गौरवपूर्ण बलिदान तथा योद्धाहरुको त्याग र नेपाली कांग्रेस नेतृत्वको आन्दोलनले लोकतन्त्रको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गराउन अपरिहार्य भूमिका खेलेको पार्टी हो ।
यसैको परिणामस्वरूप मुलुक र जनताले नागरिक अधिकार, मानवअधिकार ,वैयक्तिक स्वतन्त्रता, विधिको शासन एवं बहुमतमा आधारित प्रतिस्पर्धात्मक बहुदलीय संसदीय शासन प्रणालीलाई सुनिश्चित गरेको पार्टी साँच्चिकै महान छ कांग्रेस ।
देश र जनतालाई संविधान प्राप्त गराएको पार्टी हो कांग्रेस । कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै यी मूल्यमान्यता उठाउँदै आएको पार्टी हो । अतः नागरिक स्वतन्त्रता, वैयक्तिक सम्मान र मौलिक अधिकारीहरूको पूर्ण संरक्षण गर्दै लोकतान्त्रिक संस्थाहरुको संस्थागत विकासमार्फत सम्मुन्नत नेपाल र सम्पन्न नागरिकको दीर्घकालीन लक्ष्य प्राप्ति अभिष्ट हो।
मानिस भएर जन्मेपछि मानवका नाताले नागरिकका सम्पूर्ण अधिकारीको उपयोग र प्रतिभा प्रष्फुटनको अवसर पूर्णरूपमा प्राप्त गर्नुपर्दछ भन्ने मुलभूत दर्शनबाट नै नेपाली कांग्रेस जन्मकालदेखि निर्देशित रह्यो । यो दर्शनका लागि हाम्रा अग्रजहरुले आफूलाई बलिदान गरे ।
यही मान्यताप्रतिको समर्पण नै नेपाली कांग्रेसलाई जनता र अन्तर्राष्ट्रिय जगतमा भरोसायोग्य एवं लोकतन्त्रको गौरवपूर्ण सर्वजयी दलका रूपमा स्थापित गरेको पार्टीका रुपमा चिनिन्छ ।
विश्व मानचित्रमा राष्ट्र र जनताको सम्मानपूर्ण र स्वाभिमानीपूर्ण उपस्थितिसहित प्रत्येक नागरिकका समयसापेक्ष आवश्यकता र चाहना परिपूर्ति गर्ने उद्देश्यले नै कांग्रेस राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादको आदर्श अङ्गिकार गरेको पार्टी हो ।
कांग्रेस सबैभन्दा पुरानो पार्टी । जहाँनिया राणाशासनका विरुद्ध एक्लै लडेर प्रजातन्त्र ल्याएको पार्टी । ०१५ सालको चुनावमा दुईतिहाई मतसहित सरकार बनाएको पार्टी । राजा महेन्द्रले ‘कू’ गर्दा डटेर लडेको पार्टी ।
आत्मसमर्पण गर्न नजानेको पार्टी । कम्युनिष्टहरु पञ्चायतको समर्थनमा लाग्दा जेलको चिसो छिडीको प्रवाह नगरेका नेताहरु भएको पार्टी हो कांग्रेस । आफ्नो ज्यानको भन्दा देशको चिन्ता भएर मेलमिलापको नीति लिएर देश फर्कने तमाम नेताहरूको पार्टी हो कांग्रेस ।
बहुदलदेखि गणतन्त्रसम्म अनि संविधान निर्माणदेखि संघीयताको नेतृत्व गरेको पार्टी हो कांग्रेस । तसर्थ कांग्रेस एक्लै सक्षम छ । आफ्नो पार्टी हारे पनि गणतन्त्रका लागि अग्रणी भूमिका खेल्ने गिरिजाप्रसाद कोइराला देखि संघियाताको चुनाव गाराएर उदाहरणीय बनेका हालका प्रधानमन्त्री शेरबहादुर देउवा जस्ता महान् नेता भएको गौरवशाली पार्टी ।
साँच्चिकै कांग्रेस महान् छ । लामो नेपाली इतिहास बोकेको कांग्रेस पार्टी र महान् नेताहरू भएको पार्टी । जहाँ बलिष्ठ तर त्यागी नेता गणेशमानदेखि सन्त नेता किसुनजीहरुले नेतृत्व गरेको पार्टी साँच्चै महान् छ । त्यसैले कांग्रेस एक्लै सक्षम छ ।
जनताको पटकपटक माया पाएको कांग्रेस विधिको विधान बचाउन सक्षम छ । भ्रम नछरियोस् जनताको मत जित्न पनि कांग्रेस एक्लै सक्षम छ । (शाही नेपाली कांग्रेसको १४ औं महाधिवेशनकी केन्द्रीय सदस्यकी उम्मेदवार हुन्)