arrow

भारत लगातार चौथो पटक विश्वकप क्रिकेटको फाइनलमा, उपाधि भिडन्त इङ्गल्याण्डसँग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
u-19-cricket-india.JPG

काठमाडौं । भारतको यु–१९ टिम लगातार चौथोपटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । वेष्ट इन्डिजमा जारी यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो । 

बुधबार राति कुलिज क्रिकेट ग्राउन्ड एन्टिगुवामा भएको दोस्रो सेमिफाइनलमा भारत ९६ रनले विजयी हुँदै फाइनलमा पुगेको हो । खेलमा २९१ रनको विजयी चुनौती लिएर जवाफी ब्याटिङमा उत्रेको अष्ट्रेलियाले ४१.५ ओभरमा अलआउट हुँदै १९४ रनमात्र बनाउन सक्यो । 

लचलान शाले सर्वाधिक ५१ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा विक्की ओस्टलले तीन तथा निशान्त सिन्धु र रवि कुमारले २–२ विकेट लिए ।

यसअघि भारतले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । कप्तान यश धुलले ११० बलमा समान ११० रन बनाए । शेख राशिदले १०८ बलमा ९४ रन बनाए । अष्ट्रेलियाका ज्याक निस्बेट र विलियम साल्जम्यानले २–२ विकेट लिए ।

उपाधिका लागि फाइनलमा भारतले इङल्याण्डसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा इङ्गल्याण्डले अफगानिस्तानलाई १५ रनले हराएको थियो । फाइनल खेल शनिबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ