arrow

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
tractor-accident1623314936.jpg
फाइल तस्वीर

लमजुङ । लमजुङको राइनास नगरपालिका-६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्बरको ट्याक्टर बुधबार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राइनासको तीनपिप्लेबाट धमिलिकुवा जाँदै गरेको ट्याक्टरमामा सवार ३ जनामध्ये चिलुवालको घटनास्थलमै मृत्यु भएको र सहयोगी राइनास नगरपालिका-६ का गोपाल परियारको स्थानीय स्वास्थ्य संस्थामा प्राथामिक उपचार गरी घर फर्केका छन् ।

इँटा लिन जाँदै गरेको ट्याक्टर अगाडिबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा छेउमा पुगेको थियो ।

सडक छेउमा पुग्ने क्रममा सडकबाट लडेर करीब १५/२० मिटर तल सिम्लेखोलामा खसेर ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ