arrow

मुस्किलमा भारतीय टिम, आठ खेलाडीलाई कोरोना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
bcci.jpeg

काठमाडौं । वेष्ट इन्डिजविरुद्ध ६ फेब्रुअरीदेखि हुन गइरहेको एक दिवसीय क्रिकेट अगाडि भारतका आठ खेलाडीलाई कोरोना लागेको छ । आठमध्ये चार जनाको मात्र नाम सार्वजनिक गरिएको छ । 

जसमा शिखर धवन, ऋतुराज गायकवाड, श्रेयस ऐयर र नवदीप सैनी रहेका छन् । हाल भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतीय टिममा मायांक अग्रवालको नाम सामेल गरेको छ । 

थप खेलाडीहरुको नाम छिट्टै सार्वजनिक गरिने जनाइएको छ । भारतीय टिम हाल आइसोलेसनमा छ । बीसीसीआईको मेडिकल टोलीले निगरानी गरिरहेको छ ।

टिम हाल अहमदाबादमा छ । पहिलो खेल फेब्रुअरी ६ मा नरेन्द्र मोदी स्टेडियममा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ