arrow

गोकर्णेश्वर नगरपालिकाले सरकारको आदेश मानेन, विद्यालय खोल्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
Gokarneshwor_Nagarpalika.png

काठमाडौं । उपत्यकाको गोकेर्णेश्वर नगरपालिकाले पालिकाभित्रका विद्यालयमा भौतिक पठानपाठन सञ्चालनको निर्णय गरेको छ । संघ सरकारले माघ मसान्तसम्म विद्यालय, कलेज, विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानमा भौतिक उपस्थितमा पठनपाठन रोक्ने निर्णय गरेको थियो । 

सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई परिपत्र भएको थियो । तर गोकर्णेश्वरले भने २३ माघ अर्थात् आगामी आइतबारबाट भौतिक उपस्थितिमै विद्यालयमा पठनपाठन गर्ने निर्णय गरेको हो । 

एउटा कक्षामा २५ जनाभन्दा बढी विद्यार्थी नराख्ने गरी आलोपालो गरेर कक्षा सञ्चालनको निर्णय भएको नगरपालिकाका मेयर सन्तोष चालिसेले जानकारी दिए ।

कोरोना महामारीको संक्रमण बढेपछि सरकारले पुस अन्तिम साताबाट विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन रोकेको थियो । १५ माघसम्मका लागि पठनपाठन बन्द भए पनि फेरि लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ