arrow

कोरोना र बहिष्कारको बीचमा शुरु भयो 'बेइजिङ ओलम्पिक'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
beijing-olympics.png

काठमाडौं । आज शुक्रबार अर्थात् फेब्रुअरी ४ देखि चीनको बेइजिङमा ओलम्पिक खेलहरू शुरु भएका छन् । यससँगै बेइजिङ ग्रीष्मकालीन (समर) र शीतकालीन (विन्टर) ओलम्पिक आयोजना गर्ने एक मात्र शहर बनेको छ ।

कोभिड१९ को कडा नियन्त्रणका बेला बेइजिङमा चलिरहेका खेलह मानवअधिकार हनन र बहिष्कारको आरोपमा राजनीतिक तनावले भरिएका छन्।

यद्यपि, ओलम्पिक खेलहरु हेर्नका लागि कुनै पनि सर्वसाधरणहरुसँग टिक बिक्री गरिएको छैन । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य, तीनका परिवार र सरकारी अधिनमा रहेका कम्पनीका कर्मचारीहरुलाई मात्रै खेल हेर्न दिइएको छ । उनीहरुमाथि पनि कोभिड १९ का कडा नियमहरु लागु गरिएको छ ।

चीनले शुन्य कोभिड नीति भन्दै गरेको कडाइका कारण हेर्न चाहने कयौं व्यक्तिहरुले ओलम्पिक खेल हेर्न नपाउने भएपछि दुख व्यक्त गरेका छन् । मानिसहरुले टिभीमा मात्रै खेल हेर्न पाउँने छन् ।

यस किसिमका कडा नीतिका कारण बेइजिङ ओलम्पिकलाई लिएर चीनभित्रै समेत निरासा छाएको छ । यस्तोमा चिनियाँ राष्ट्रपति सी चिनफिङले भने सुरक्षित तरिकाले खेल सम्पन्न गर्ने बाचा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ