arrow

बाँकेमा कांग्रेस कार्यकर्ताको स्काभेटर आगजनी घटनाप्रति आपत्ति

logo
सौरभ गिरी,
प्रकाशित २०७८ माघ २२ शनिबार
258882020_465431861783961_243060469178014255_n.jpg

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा स्काभेटर आगजनी घटनाप्रति नेपाली कांग्रेस कोहलपुर नगर समितिले घोर आपत्ति प्रकट गरेको छ । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि एवम् नेपाल तरुण दल कोहलपुरका उपाध्यक्ष गौरव रावलको स्काभेटरमा आगजनी गरिएको घटनाप्रति विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस कोहलपुर नगर समितिले घोर आपत्ति प्रकट गरेको हो ।

नेपाली कांग्रेस कोहलपुरले रावलको भे १ प ११११ नम्बरको स्काभेटरलाई माघ १८ गते राति राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगरको लामाचौरमा  आगजनी घटनामा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ। घटनाको निन्दा गर्दै प्रहरीले तत्काल अनुसन्धान गरेर दोषी पत्ता लगाइ कारबाही गर्न कोहलपुर कांग्रेसले माग गरेको हो । 

प्रहरी प्रशासनले आगजनी घटनालाई सामान्य रुप लिएर दबाउन खोजेमा कडा आन्दोलनको कदम चालिने कोहलपुर कांग्रेसले विज्ञप्ति मार्फत जनाएको छ ।



नयाँ