arrow
ADVERTISEMENT

ओडिशा बम विस्फोटमा पत्रकार मारिए, दाेषीलाई कारबाही गर्न आईएफजेको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
Jounalist-Rohit-Kumar-Biswal-1.jpg

काठमाडौं । भारतको ओडिशामा रहेका पत्रकार रोहित बिस्वालको एक बम विस्फोटमा मृत्यु भएको छ । माओवादी विद्रोहीहरूले कथित रूपमा राखेको एउटा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) विस्फोटमा परेर पत्रकार बिस्वालको मृत्यु भएको हो ।

इन्टरनेशनल फेडरेशन अफ जर्नलिस्ट (आईएफजे) र यसको भारतीय सम्बन्धित संस्था नेसनल युनियन अफ जर्नलिस्ट, इन्डिया (एनयुजे(आई)ले यो घटनाको घार निन्दा गरेको छ ।

आईएफजेले भारतमा पत्रकारहरु विरुद्ध जारी हिंसाको भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीलाई चाँडो भन्दा चाँडो कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।

कालाहण्डी जिल्लाको मदनपुर–रामपुर सहरका बासिन्दा बिस्वाल भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का सदस्यहरूले स्थानीयलाई आगामी तीन तहको पञ्चायतको निर्वाचन बहिष्कार गर्न आग्रह गर्दै डम्बा कर्लाखुँटा क्षेत्रमा लगाइएका पोस्टरहरुबारे अनुसन्धान गर्न त्यहाँ गएका थिए ।

कालाहण्डी प्रहरी र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) ले पत्रकारको मृत्युबारे अनुसन्धान सुरु गरिसकेको छ ।

घटनापछि ओडिशा सरकारले मृतक पत्रकारको परिवारलाई १३ लाख रुपैयाँको आर्थिक सहयोग प्याकेज घोषणा गरेको छ ।

सन् २०२२ मा भारतमा मारिने बिस्वाल पहिलो पत्रकार हुन्। आईएफजेको मृतक पत्रकारको सूची अनुसार सन् २०२१ मा भारतमा पत्रकार सुलभ श्रीवास्तव, चेन्ना केसाभुलु, रमन कश्यप र बुद्धिनाथ झा मारिएका थिए।

एनयुजेआईका अध्यक्ष रास बिहारीले माओवादीद्वारा प्रभावित क्षेत्रमा काम गर्ने पत्रकारहरूलाई उचित सुरक्षा प्रदान गर्न ओडिशाका मुख्यमन्त्री नवीन पटनायकलाई अपील गरेका छन्। यस्तै उनले देशमा पत्रकार संरक्षण ऐन लागु गर्न समेत आग्रह गरेका छन् ।

आईएफजेका महासचिव एन्थोनी बेलाङ्गरले रोहित बिस्वालको मृत्यु भारतमा पत्रकारहरूको लागि सुरक्षा र सुरक्षाको अभावको अर्को उदाहरण भएको बताएका छन् ।

भारत सरकारले पत्रकार र सञ्चारकर्मीको जीवन रक्षाका लागि थप पहल गर्नुपर्ने उनले बताएका छन् ।

दोषीहरूलाई न्यायको कठघरामा ल्याउन यो घटनामाथि तीव्र अनुसन्धानको लागि आईएफजेले आह्वान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ