arrow

बाघको आक्रमणमा परेर गैँडाको मृत्यु

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ माघ २५ मंगलबार
rhinos-deades.png
फाइल तस्बिर

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी एक वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।

बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। गैँडाको  खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए ।

बाघले  गैँडाको प्रजनन अङ्ग समेत खाएकाले केटा या केटी के हो छुटाउन नसकिएको तिवारीले बताए ।

निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी सिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन्।



नयाँ