arrow

बुद्धले सिकाए पूजाको तरीका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
buddha-squral-story.JPG

गौतम बुद्ध राजगृह मार्गमा जाँदै थिए । बुद्धले देखे भिजेको लुगा लगाएका एक गृहस्थले चारै दिशामा अभिवादन गरिरहेका छन् ।

बुद्धले सोधे, 'महाराज यी छ दिशाको पूजा गर्नुको अर्थ के हो ? यो पूजा किन गर्नुपर्छ ?'

गृहस्थ भने, 'त्यो त मलाई थाहा छैन।'

बुद्धले भने, नजानी पूजा गरेर के फाइदा ?

गृहस्थले भने, 'भन्ते, मलाई बताइदिनुहोस् दिशाहरूको किन पूजा गर्ने ?'

तथागतले भने, ' पूजा गर्ने दिशा फरक छ । माता-पिता र गृहपति पूर्व दिशा हो, आचार्य दक्षिण, स्त्री-पुत्र र मित्र आदि उत्तर दिशा हो। सेवक न्यून र श्रवण ब्राह्मण उच्च दिशा हो । यिनको पूजाबाट लाभ हुन्छ ।''

गृहस्थले भने, ‘अरू ठिकै छ भन्ते ! तर सेवकहरूको पूजा कसरी गर्ने ? उनीहरू त स्वयम मेरो पूजा गर्छन्?'

बुद्धले सम्झाए, 'पूजा भनेको हात जोड्नु, शिर झुकाउनु होइन। सेवकहरूको सेवाको बदला उनीहरू प्रति स्नेह-वात्सल्य नै उनको पूजा हो ।' 

गृहस्थले भने, 'आज तपाईँले मलाई सही दिशाको ज्ञान दिनुभयो।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ