- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आगामी ९ बैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० बैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए ।
बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएसँगै त्यसअघि नै एसईईको परीक्षा सक्न थालिएको हो ।
तालिकाअनुसार आगामी ९ बैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ । ११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य नेपालीको परीक्षा हुनेछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।
कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।