arrow

राणा परिवारद्वारा मीनकुमारी ट्रष्ट स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
minkumari.PNG

भक्तपुर । भक्तपुर बालकोट निवासी मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले एक ट्रष्ट निर्माण गरेको छ । पति कोमलबिक्रम राणा संरक्षक तथा छोराहरू कबिर राणा र रवि राणाका साथै नाति विक्रान्त विक्रम राणाका सञ्चालक रहने गरि ट्रष्ट स्थापना गर्ने निर्णय गरिएको छ ।

मीनकुमारीको निधन भएको १३ औं दिनको पुण्य तिथिका अवसरमा राणा परिवारले ट्रष्ट निर्माण गरेको जनाउँदै ट्रष्टले पत्रकारिता, खेलकुद र समाजसेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई बर्षेनी पुरस्कृत गर्ने र भक्तपुरका विपन्न तथा अशक्त र जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्तिसमेत प्रदान गर्ने निर्णय गरिएको छ ।

ट्रष्टले त्यसका लागि ३१ लाख ११ हजार १ सय ११ रुपैयाँका अक्षय कोषको स्थापना गरेको जनाएको छ । उक्त अक्षय कोषमा रहेको रकमको ब्याजबाट आउने रकम पुरस्कार तथा समाजसेवामा खर्च गरिने मीनकुमारीका छोरा एवं देशान्तर मिडिया ग्रुपका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक कबिर राणाले जानकारी दिए । राणा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य  तथा भक्तपुरका नेता हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ