arrow

भारतसँग सीमा जोडिएका नाका फागुन २ सम्म बन्द रहने

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ माघ २७ बिहिबार
mahakali-pul.PNG

दार्चुला । भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधानसभा निर्वाचनको लागि दार्चुलाका नेपाल-भारत जोड्ने सिमानाका बन्द गरिने भएको छ । 

चुनावलाई लक्षित गरी यही माघ २८ गते शुक्रवारदेखि फागुन २ गते सोमवारसम्म सिमानाका बन्द रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 

बिहीबार प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले एक सूचना जारी गर्दै नेपाल-भारत जोड्ने सबै सीमा पुल माघ २८ देखि फागुन २ गतेसम्म बन्द रहने जनाएको छ । नेपाल-भारत जोड्ने दार्चुलाका ६ वटा सीमा पुल रहेका छन् । 

नेपाल र भारतमा हुने गरेका हरेक निर्वाचनमा दुवै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीको आपसी सहमतिमा सीमा नाका सिल गर्ने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ