arrow

गाँजासहित स्याङ्जाका एक युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
pakrau9.jpg

तनहुँ । लागुऔषध गाँजासहित स्याङ्जाका एक युवकलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ४ बस्ने १८ वर्षका प्रदीप मानन्धर रहेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ स्थित पृथ्वी राजमार्ग सडक खण्डबाट उनी पक्राउ परेका हुन् । सवारी चेकजाँच गर्ने क्रममा पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७७२१ नं.को बसबाट मानन्धर प्रक्राउ परेका छन् ।

उनको साथबाट ९७० ग्राम लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ