arrow

बर्डफ्लू रोगको संक्रमण पुन: देखियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
bird-flue.jpg

चितवन । यहाँ बर्डफ्लू रोगको संक्रमण पुन: देखिएको छ ।  राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार बर्डफ्लूको एचफाइभ एनवान संक्रमण देखिएको हो ।

उक्त फर्ममा दुई हजार कुखुरा  छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उनले बताए । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ । शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने उनले जानकारी दिए ।

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ