arrow

एमसीसीलाई संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिन कार्यसम्पादनमा कोइरालाको जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
shaker-koiralaa.JPG
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसद्मा‌‌ संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता कोइराला यस्तो बताएका हुन् । 

डा कोइरालाले आफ्नो मन्तव्य राख्दै भने,' एमसीसीलाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसद्मा संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्छ । यदि एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसद्को क्षमतामाथि नै गम्भीर प्रश्नहरू तेर्सिने देख्दै छु ।' 

डा. कोइरालाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै फागुन १० गते भित्र विधानसम्मत ढङ्गले बाँकी रहेका जिल्लाहरूको अधिवेशन गरौँ भन्नेमा जोड दिएका छन्  ।

साथै नयाँ क्रियाशील सदस्यता वितरण तत्काल सुरु गरि विवाद भएर थाँती रहेका पुराना क्रियाशील सदस्यताको विधान अनुसार टुङ्गो लगाउन आग्रह गरेका छन् ।  भातृ र शुभेच्छुक संस्थाहरूको  विधान अनुसार अधिवेशनको पक्रियामा लैजान प्रस्ताव उनले गरेका छन् । अप्राकृतिक गठबन्धन गर्नुको साटो कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ भन्ने उनको मत छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ