arrow

नेपाललाई जितका लागि १३६ रनको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
cricket-nepal-oman-2021.jpg
फाइल तस्बिर

काठमाडौं । चार देशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा ओमानले नेपाललाई जितको लागि १३६ रनको विजयी लक्ष्य दिएको छ । 

ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन जोड्यो । ओमानका लागि जिसन मक्सुदले अविजित ४३ रनको योगदान दिए भने मोहम्मद नदिमले ३१ रनको योगदान गरे । त्यसै जतिन्दर सिंहले १३, आयान खानले ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे । 

बलिङतर्फ नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक÷एक विकेट हात पारे । आइसिसी टी२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि नेपालले चार देश सम्मिलित टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । नेपाल अहिले जवाफी ब्याटिङमा छ । 

नेपालले दश ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ५९ रन बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ