arrow

चाउचाउ उद्योगमा आगलागी, १२ दमकलले पनि सकेनन् नियन्त्रणमा लिन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २९ शनिबार
manasha-thaifoods-fire.jpeg

झापा । झापाको मेचीनगर नगरपालिका १४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा आज बिहान आगलागी भएको छ । आगो निभाउन कठिन भएको बताइएको छ । 

नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालका अनुसार उद्योगमा बिहान ४ बजे आगलागी भएको हो । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आइनसकेको ढकालले बताए । 

ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगो निभाउन प्रयासरत छन् । विसं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको उक्त उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । 

उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिनुभयो । बिहानीपखमा आगो लागेकाले मानवीय क्षति भने नभएको उनले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ