arrow

इङ्गल्याण्डका लिभिङस्टोन बने आईपीएलका दोस्रो महँगा खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
liam-livingstone.jpg

काठमाडौं । इङ्गल्याण्डका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई पञ्जाब किंग्सले कीर्तिमानी मूल्य दिएको छ । दायाँ हाते ओपनिङ ब्याट्सम्यान लिभिङस्टोन इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिक्ने इङ्गल्याण्डका दोस्रो सबैभन्दा महँगो खेलाडी बनेका छन् । 

आईपीएल २०२२ को ग्रान्ड अक्सन बैंगलोरमा भइरहेको छ । स्पिन अलराउन्डर लिभिङस्टोनलाई पञ्जाब किंग्सले १८ करोड ४० लाखमा किनेको हो ।

एक करोड साठी लाख आधार मूल्यबाट शुरु भएको लिलामीमा कोलकता नाइट राइडर्स, पञ्जाब किंग्स, गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच राम्रै मोल मोलाइ भएको थियो । अन्त्यमा उनलाई पञ्जाब किंग्सले १८ करोड ४० लाखमा  भित्राएको छ ।

लिभिङस्टोनले यसअघि आईपीएलमा राजस्थान रोयल्सबाट पनि खेलिसकेका छन् । लिभिङस्टोनअघि बेन स्टोक्स आईपीएलमा बिक्री हुने सबैभन्दा महँगा इङ्लिस खेलाडी हुन् ।

सन् २००८ देखि शुरु भएको आईपीएलमा मुम्बई इन्डियन्सले पाँच पटक, चेन्नई सुपर किङ्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स र सनराइजर्स हैदराबादले एक एक पटक उपाधि जितेका छन् । 



नयाँ