- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव गरेको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलवार बिहान ९ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन्।
पदीय आचरण र व्यवहार नदेखाएको, आर्थिक अनियमिततामा मुछिएको, न्याय सम्पादनमा कमजोरी गरेको लगायतका कारण देखाउँदै कांग्रेसले प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार महाअभियोग प्रस्ताव दर्ताका लागि आफ्ना पार्टीका सांसदहरूको हस्ताक्षर गर्न लगाएको थियो।
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने विषयमा सांसदहरूलाई नै जानकारी नगराएको भन्दै असन्तुष्टि देखिएको छ। आइतबार बसेको पदाधिकारी बैठकमा पनि नेताहरूले यसबारे पार्टीमा पहिले छलफल नभएको बताएका थिए। मङ्गलवार बस्ने दलको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल हुने कांग्रेसका नेताहरू बताउँछन्।