arrow

उठ्न छोड्यो उपत्यकाको फोहर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
Garbage-ktm-fohor-road.jpg

काठमाडौं ।  काठमाडौं उपत्यकाको फोहर विसर्जनका लागि तत्काल दीर्घकालीन समाधानको खोजी गर्न नसके आगामी दिनमा थप समस्या सिर्जना हुने बताइएको छ ।  स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्ड फिल्ड साइटमा फोहर विसर्जनमा अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहर विसर्जन हुन सकेको छैन । पासाङल्यामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै पीडितले अवरोध गरेका हुन् । 

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटक पटक समस्या उत्पन्न भएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य शाक्यको भनाइ छ । उनले विसं २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक पटक स्थानीयले आन्दोलन गर्ने र फोहर विसर्जनमा अवरोध हुने गरेको स्मरण गराए । “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उनले भने, “त्यसका लागि सबैभन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।” 

बाटो बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहर पटक पटक रोकिँदा गाली कामपाको खाने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यामा काम सम्पन्न नहुँदा समस्या भएको पनि कामपाको भनाइ छ ।  

कामपाले नियमित रूपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधान खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खामा समस्या आउने जनाएको छ । काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ हाल उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा थप समस्या आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ