- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ओमानमा जारी चार देशीय टी-ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो । आयरल्यान्डका लागि जर्ज डोकरेलले सर्वाधिक २८ रनको योगदान दिए ।
त्यसैगरी कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी माइकब्राइनले ११ रन, ग्यारेथ डिलानीले ९, पल स्टर्लिङले २ तथा सिमी सिंहले १ रन जोडे ।
नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले सर्वाधिक ४ विकेट लिए । यस्तै अविनाश बोहराले दुई तथा सन्दीप लामिछाने, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले एक-एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
नेपालले बाह्र ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर ६६ रन बनाएको छ ।