arrow

लागूऔषधसहित ६ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
pakrau9.jpg

पोखरा । प्रहरीले पोखराका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. १ सिम्पानी र पोखरा १७ घारीपाटनबाट उनीहरु पक्राउ परेका हुन् ।

सिम्पानीबाट ३८ वर्षका पूर्णबहादुर जलारी र र ३१ वर्षका सूर्यबहादुर थापा पक्राउ परेका हुन् । उनीहरुको साथबाट फेनरागन ७० एम्पुल, नुफ्रिन ६९ एम्पुल र डाईजापाम ७० एम्पुल गरी कूल २०९ एम्पुल लागूऔषध बरामद भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

यसैगरी घारीपाटनबाट पक्राउ पर्नेमा १९ वर्षका प्रशन भण्डारी, अनिश सुनार, २१ वर्षका विकाश नेपाली र र विशाल गुरुङ रहेका छन् । उनीहरुको साथबाट नित्राभ्याट १० लेखिएको २१० ट्यावलेट, गाँजा ७९० ग्राम बरामद गरिएको हो । 

पक्राउ परेका सबैलाई लागूऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ