arrow

ठगी आरोपमा युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
Dinesh sing.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी सायल गाउँपालिका वडा नं. २ का वर्ष २६ का दिनेश सिंह रहेका छन् । 

उनले आफू यूएनको इन्जिनियर तथा राष्ट्रबैंकको कर्मचारी भएकोले पोखरा लगायत विभिन्न स्थानका व्यक्तिलाई यूएनमा जागिर लगाई दिन्छु भनी ठगी गर्दै हिँडेको आरोप छ ।

सिंहलाई बुटवल प्रहरीको सहयोगमा बुटवलको मिलनचोकबाट सोमबार पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

पक्राउ परेका सिंहको साथबाट ल्यापटप, आइफोन, मोवाइल, ६७ हजार रुपैयाँ नगद, नेपाल राष्ट्रबैंक लेखेको १० वटा कार्ड होल्डर, एक थान औंठी, एक थान सिक्री, पाँच वटा सिमकार्ड र विभिन्न व्यक्तिका नागरिकताका प्रतिलिपि बरामद गरिएको छ ।

उनलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ