- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्दै नेपाल बन्दको आह्वान गर्नेहरु विरुद्ध सरकार कडा रुपले प्रस्तुत हुने भएको छ । राजनीतिक प्रतिवद्धता विपरीत पाँच कम्युनिष्ट पार्टी तथा एउटा मोर्चाले बुधबार नेपाल बन्दको आह्वान गरेसँगै गृहमनलयले कडा रुपमा प्रस्तुत हुने संकेत गरेको हो ।
विभिन्न कम्युनिष्ट ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले मंगलबार (फागुन ३ गते) साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृहमन्त्रालयले कानून विपरीतका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।
सरकारले एमसीसीलाई बुधबार संसदमा टेबल गर्न लागेको भन्दै वामपन्थी दलहरुले नेपाल बन्दको आह्वान गरेका छन् ।
यो पनि पढ्नुहोस्