arrow

कम्युनिष्ट सोचः एमसीसी पारित गर्न खोजिएको भन्दै नेपाल बन्द आह्वान 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
biplav-vaidhya.jpg
तस्बिर– फाइल

काठमाडौं । एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् । 

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन् । 

मङ्गलबार अपराह्न संयुक्त जारी गरिएको विज्ञप्तिमा भनिएको छ –नेपाली जनताको एमसीसी कम्प्याक्टविरोधी सङ्घर्ष र शेरबहादुर देउवा सरकारलगायत अमेरिकी साम्राज्यवादका दलाल एवम् एमसीसी कम्प्याक्टका पिछलग्गुहरू बीचको पेचिलो सङ्घर्षको मोर्चाका क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, दबाब एवम् धम्की र देउवा सरकारलगायत राष्ट्रघाती एवम् जनघाती दलालहरूको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद् बैठकमा एमसीसी कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरिराखेको र उक्त राष्ट्रघाती षड्यन्त्रविरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गर्नु आवश्यक छ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ